
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरु धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण कांग्रेस बद्नाम भइरहेको बताउनुभयो । सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सिमित बनिरहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरुलाई हामीले गाउँ-गाउँबाट खोज्न आवश्यक रहेको बताउनुभयो ।
महामन्त्री थापाले प्रधानमन्त्री बन्नेहरुलाई म किन प्रधानमन्त्री बनेको हुँ ? भन्नेकुराको जानकारी नै नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्