१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको अलैंचीलाई निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ : सभामुख घिमिरे


39
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले नेपाली अलैंचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादित अलंैची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताउनुभयो । उहाँले विश्व बजारमा नेपालमा उत्पादित अलैंची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताउनु उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले अलैंचीबाट विभिन्न अन्य वस्तुहरु समेत बनाउन सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले अलैंचीलाई अनलाइन मार्केटिङको रुपबाट विकास गर्न पनि आवश्यक रहेको बताउनुभयो । उहाँले वयर हाउसहरु बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय गरी अक्सन हाउसको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो ।

सभामुख घिमिरेले अहिले विचौलीयाहरुले बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरुले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने अवस्था रहेको बताउनुभयो । उहाँले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरु रहेको भन्दै सरकारले अलैंची निर्यात नीतिगत रुपमा सहजिकरण गर्न आग्रह गर्नुभयो ।

सभामुख घिमिरेले भारतमा अलैंची निर्यातमा रहेका समस्या हटाउन दुई देशबीचमा त्रिपक्षिय छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत सकिने बताउनुभयो ।

सभामुख घिमिरेले अलैंचीका बिरुवाहरु मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ बिरुवा लगाउने प्रक्रियामा अलैँची खेती चलेको बताउनुभयो । उहाँले अलैंचीमा लाग्ने रोगको सरकारले पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।