
काठमाडौँ । नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न पार्टीका सांसद्हरुलाई ह्वीप जारी गरेको छ । बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरिएको पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बताउनुभयो ।
बैठकमा बजेटलाई निर्णयार्थ पेस गर्ने तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन दिएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न यसअघि नै आफ्ना सांसद्हरुलाई ह्वीप जारी गरिसकेको छ भने नेपाली काँग्रेसले पनि आफ्ना सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्