८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


राजदूत नियुक्ति सच्याइन्छ : प्रधानमन्त्री दाहाल


949
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याइने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याइने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले राजदूत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको बताउनुभयो । उहाँले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताउनुभयो । उहाँले राजदूत नियुक्ति मेरिटकै आधारमा होस् भन्ने सरकारको धारणा रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समिकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदुतलाई फिर्ता बोलाउने प्रचलन भएपनि आफूले राजदूतहरुलाई तिन महिना काम गर्न दिएको बताउनुभयो ।