२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा दोस्रो दिन सामान्य अंकको वृद्धि


143
Shares

काठमाडौं । शेयर बजारमा सामान्य सुधार जारी रह्यो ।

निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबारदेखि सामान्य अंकले हरियो रहेको हो ।

मंगलबार उतारचढावबीच बजार परिसूचक नेप्से ५ अंक बढीले सकारात्मक रहेर २ हजार ७१ कायम भयो । ८ वटा समूह उकालो लाग्दा कारोबार भने हिजोको तुलनामा केही खुम्चिएर सवा ४ अर्ब नजिक रह्यो । वित्त, वाणिज्य बैंक, अन्य, निर्जीबन बीमा र व्यापार समूहबाहेक बाँकी समूह उकालो लागेका हुन्

लगानी समूह करिब २ प्रतिशतले उकालो लाग्दा जलविद्युत र होटल तथा पर्यटन समूह १ प्रतिशत बढीले सुधारिए । बाँकी सामान्य दरले सकारात्मक रहेका हुन् । वित्त समूहमा २ प्रतिशत बढीको गिरावट आयो ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा ३ सय १९ कम्पनीको ९४ लाख बढी कित्ता शेयर ४ अर्ब १९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । ग्लोबल आईएमईको ऋणपत्र र मकर हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाए ।

कारोबारका हिसाबले झण्डै १५ करोड कारोबारसहित आरएसडीसी लघुवित्त अग्रस्थानमा रह्यो ।