
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताउनुभयो ।
मंगलबार प्रतिनिधि सभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो ।
सांसद खतिवडाले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको टिप्पणी गर्नुभयो । उहाँले ३ करोडभन्दा तलको योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने प्रधानमन्त्रीको कुरा मन्त्रीहरुले नै नमानेका कारण प्रधानमन्त्रीको कुरा नसुनिएको बताउनुभयो । उहाँले आगामी दिनमा बजेट ल्याउने र पारित गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
सांसद खतिवडाले आगामी दिनमा बजेट संशोधनसहित पारित गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्