६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


केदार कार्कीको रिट खारेज


442
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले रिट खारेज हुने आदेश गरेको हो ।

रिट खारेज गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गर्नुभएको थियो ।

फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको छ । केदार कार्कीले उपधारा ५ बमोजिम अर्को मुख्यमन्त्री नियुक्त गर्न नमिल्ने जिकीर गर्दै गत बैशाख २७ मा सर्वोच्चमा रिट हाल्नुभएको थियो ।

सर्वोच्चले भने आफूलाई समर्थन गर्ने दल तथा सांसदहरुले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत नलिएकाले प्रदेश प्रमुखले प्रदेशसभाको अर्को सदस्यलाई बहुमतसहित सरकार बनाउन आह्वान गर्न सक्ने व्याख्या गरेको छ ।