१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिंसात्मक प्रदर्शनपछि केन्या सरकारबाट विवादित विधेयक फिर्ता


260
Shares

एजेन्सी । हिंसात्मक प्रदर्शन हुन थालेपछि केन्या सरकारले कर वृद्धिको व्यवस्थासहितको विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो ।

केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गर्दै उहाँले यो विधेयकबाट पछि हटेको जानकारी गराउनु भएको थियो ।

विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो । संसदले कर वृद्धिको व्यवस्थासहितको विधेयक पास गरेलगत्तै प्रदर्शनकारीले संसदमा आगजनी गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिँदा गत मंगलबार २२ जनाको मृत्युसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो ।

प्रदर्शनकारीले राष्ट्रपतिको समेत राजीनामा मागेका थिए । प्रदर्शन नरोकिने छाँट देखेपछि राष्ट्रपति रुतोले विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको हो । राष्ट्रपति रुतोले प्रदर्शनको अगुवाइ गरेका युवाहरुसँग अब वार्ता गर्ने बताउनु भएको छ ।