
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो ।
सम्मानित नेता खनालले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेताहरुको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको पनि बताउनुभयो । उहाँले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताउनुभयो ।
सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी) को नीति नेकपा (एकीकृत समाजवादी) कै नेतृत्वमा निर्माण हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्