१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कम्युनिष्टहरुको बीचमा एकता हुन आवश्यक छ : युवराज ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बीचमा एकता हुन आवश्यक रहेको बताउनुभएको छ

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष ज्ञवालीले कम्युनिष्ट एकता देशका लागि धेरै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कम्युनिष्टहरुको बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने बताउनुभयो । उहाँले देशको राजनीति र विशेषताले देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताउनुभयो । उहाँले सबै कम्युनिष्ट राजनीतिक दलहरुको उद्देश्य देशलाई अघि बढाउने भएकाले सबै एक भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले कम्युनिष्टहरु फुटेर नभए जुटेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न नसक्ने बताउनुभयो ।

उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टका अगाडि अहिले धेरै ठूला चुनौति र सम्भावनाहरु रहेको बताउनुभयो ।