
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै माधव नेपालले यस्तो बताउनुभएको हो ।
माधव नेपालले नेपाली विशेषताको समाजावादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी)ले ल्याउन लागेको बताउनुभयो । उहाँले कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन भएकाले सबै मिलेर विचार विमर्स गर्न आवश्यक रहेको बताउनुभयो ।
माधव नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले अहिलेको परिस्थितिमा गम्भीर हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
अध्यक्ष नेपालले गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्