
एजेन्सी । स्विट्जरल्याण्डमा वर्षापछि आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ ।
यस साताको शुरुवातदेखि भएको मुसलधारे बर्षापछि बाढी आउँदा हजारौं मानिस प्रभावित भएका छन् । बाढीले बगाएको एक जनाको खोजीका लागि उद्धारकर्मी परिचालन गरिएको छ ।
यसैगरी स्विजरल्याण्डको म्याग्गिया उपत्यकामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । बाढी र पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीका कारण ठाउँ ठाउँमा सडक भासिएपछि कतिपय शहरमा सवारी आवागमन ठप्प भएको छ ।
स्विट्जरल्याण्डको सिमानामा रहेको हाउटे–साओने क्षेत्रमा आएको शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त बनेको छ । त्यहाँका अधिकांश घरका छानाहरु भत्केका छन् । आँधीले सयौं सवारीसाधनहरुमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्