
काठमाडौं । बिगमार्टले १५ औं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहारको अभियान घोषणा गरेको छ । बिगमार्टले आफ्ना ग्राहकहरुका लागि १५ तोला सुन, १५ वटा स्मार्ट फोन, आकर्षक छुट र अफरहरु ल्याएको हो ।
१५ औं वार्षिकोत्सवको छुट तथा उपहारको अभियान यही जुलाई महिनाभर संचालन हुनेछ । जुलाई १, २०२४ देखि जुलाई ३१, २०२४ सम्म बिगमार्टको आउटलेटहरुमा गएर यो उत्सवको अभियानमा जो कोही पनि सहभागी हुन सक्नेछन् । १५ वर्षसम्मको अनवरत यात्रामा सधै साथ, समर्थन र हौसला दिने लाखौं ग्राहकहरुप्रति कृतज्ञता जाहेर गर्न बिगमार्टले यो अभियान संचालन गरेको हो ।
नेपालको खुद्रा बजारमा बिगमार्टले १५ वर्ष पार गरेको अवसरमा १५ जना भाग्यशाली ग्राहकहरूलाई १५ तोला सुन (प्रति व्यक्ती एक तोला) र १५ वटा स्मार्टफोन (प्रति व्यक्ती एक थान) प्रदान गरिनेछ ।
यो एक महिनाको अवधिमा बिगमार्टमा ७५० रुपैयाँ वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहकहरु स्वतः भाग्यशाली ‘ड्र’ मा प्रवेश र्गेछन् ।
यसबाहेक बिगमार्टमा किनमेल गर्दा स्मार्ट क्यु.आर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% डिस्काउन्ट वा सय रुपैंया छुटमध्ये जुन कम हुन्छ त्यो तत्काल प्राप्त गर्नुहुनेछ । यो उत्सवको महाअभियानमा सबै ग्राहकहरुका लागि केही न केही छ भन्ने सुनिश्चित गर्न थुप्रै सामानहरुको मुल्यमा विशेष छुट दिइनेछ ।
१५ वटा स्मार्टफोन जित्नका लागि बिगमार्टका आउटलेटहरुमा राखिएका फोटोबुथमा आफ्नो फोटो खिच्नुपर्नेछ । बिगमार्टले आधिकारीक सोसल मिडिया पेजमा ती फोटोहरु अपलोड गर्नेछ । अपलोड गरिएका फोटोहरु आफ्नो सामाजिक संजालमार्फत सेयर गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्