६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बैंक तथा वित्तिय संस्थाहरुमा थुप्रियो पैसा


0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ ।

पछिल्लो विवरण अनुसार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूमा निक्षेप ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।

केन्द्रीय बैंकका अनुसार असार १२ गतेसम्म ६३ खर्ब बढी निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरूले मुश्किलले ५१ खर्ब ४५ अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् ।

यो भनेको कूल निक्षेपको तुलनामा ७९ दशमलव ५१ प्रतिशत मात्र लगानी हो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला दिन मात्र बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । तर बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन ।