८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : सचिव अधिकारी


195
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भुमिका खेल्ने बताउनुभएको छ ।

बुधबार सभामुख देवराज घिमिरेबाट प्रतिनिधि सभा सचिवको रुपमा शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सचिव अधिकारीले संसदको कामलाई व्यवस्थित गर्न भुमिका खेल्ने बताउनुभएको हो । उहाँले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले संसदको काम, कारबाहीलाई पारदर्शी बनाउनका लागि पनि आफ्नो सहयोग र भुमिका रहने बताउनुभयो ।

सचिव अधिकारीले बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो । उहाँलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार प्रतिनिधि सभा सचिवमा नियुक्त गर्नुभएको हो । सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. २ स्थायी निवासी हुनुहुन्छ ।