१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एउटै व्यक्ति दुई वा दुई भन्दा बढी सहकारीको पदाधिकारीमा बस्न नपाउने


377
Shares

काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था लागू गरेको छ ।

विभागले कोही ब्यक्ति सहकारी संस्थाहरुको दोहोरो पदमा बसेको भए एक महिनाभित्र त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई नर्देशन दिएको हो ।

सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेको स्मरण गराउँदै उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको हो ।

यो व्यवस्था सहकारी बैंकको हकमा पनि लागु हुने विभागको भनाई छ । निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने कार्यान्वयन तथा नभएको पाइएमा कानून बमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । यस्तै विभागले सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकरण गर्न पनि परिपत्र गरेको छ ।

कर्जाको मूल्यांकन गरी पाकेको व्याजको ५० प्रतिशत व्याज भुक्तानी गरेमा बाँकी रकम तिर्न तीन महिनाको अवधि दिने गरी पुनर्तालिकीकरण गर्न सकिने विभागको परिपत्रमा उल्लेख छ ।