
फाइल तस्बिर
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले काँग्रेस र एमालेको गठबन्धनलाई समर्थन गर्ने भएको छ ।
पार्टीले आजै सरकारमा सहभागि आफ्ना मन्त्रीलाई राजीनामा दिन लगाउने भएको छ । जसपाका महासचिव मोहम्मद इस्तियाक राईले आजै बेलुकीसम्म सबै मन्त्रीहरले राजीनामा दिने जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने महासचिव राईले बताउनुभयो । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्