१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेता-कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ : सचिव श्रेष्ठ


338
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले बिद्रोहपछिको पहिलो महाधिवेशन भएकाले सर्वसहमतिबाट गर्न पार्टीका नेता-कार्यकर्ताले सुझाव दिएको बताउनुभएको छ ।

बिहीबार सचिव श्रेष्ठले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच दाबेदारी प्रश्तुत भएको भन्दै कार्यकर्ताको सुझावअनुसार सर्वहसमितमै नेतृत्व चयन हुने बताउनुभएको हो ।

सचिव श्रेष्ठले मतमतान्तर नगरी सर्वसहमतिमा बढे आगामी दिनमा पनि पार्टीलाई फाइदा हुने सुझाव आएकाले कार्यकर्ताको सुझाव मानेर नै अघि बढ्ने बताउनुभयो । पार्टीले असार १६ गतेदेखि काठमाडौंमा महाधिवेशन गरिरहेको छ । आज सर्वसहमतिमा नेतृत्व टुंगो नलागे निर्वाचनबाट नेतृत्व चयन हुने छ ।

सचिव श्रेष्ठले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल भइ सर्वसहमतिले पारित भइसकेको पनि बताउनुभयो ।