१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रधानमन्त्री दाहाललाई दीर्घकालीन निर्णय नगर्न एमालेको आग्रह


1.95k
Shares

काठमाडौं । नेकपा एमालेले दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।

सरकारनै अल्पमतमा परिसकेको भन्दै बिहीबार एक विज्ञप्ति जारी गर्दै एमालेले महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्नुभएको हो ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ ।

महासचिव पोखरेलले जारी विज्ञप्तिमा भनेका भनिएको छ ‘‘अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’।