२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, महासचिवमा भुसाल सर्वसम्मत


741
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल चयन हुनुभएको छ ।

राजधानीमा जारी महाधिवेशनका क्रममा बिहीबार माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

यस्तै झलनाथ खनाल फेरि पनि सम्मानि नेतामा सर्वसम्मत हुनु भएको छ भने महासचिवमा धनश्याम भुसाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । तीनै जना नेता यस अघि पनि सोही पदमा हुनुहुन्थ्यो ।

नयाँ नेतृत्व चयनका लागि बनेको निर्वाचन समितिले तीन जना सर्वसम्मत भएको घोषणा गरेको हो । उपाध्यक्षसहित अन्य पदाधिकारीहरुमा पनि सहमति जुटाउने कोशिस भईरहेको जनाइएको छ ।

सहमति नभए निर्वाचन प्रक्रिया शुरु हुनेछ । महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।