
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान सवा ११ बजे बस्नेछ ।
बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका विभिन्न शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
यसैगरि बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शिर्षकहरूमा प्रश्तुत खर्च कटौतीका प्रश्तावहरुलाई निर्णयार्थ प्रश्तुत गर्नु हुनेछ छ ।
यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “विनियोजन विधेयक, २०८१ लाई पारित गरियास् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१,राष्ट्र ऋण उठाउने विधेयक, २०८१, भन्सार महशुल विधेयक, २०८१ विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रश्तावहरू प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्