२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देशभरका अधिकांश स्थानमा भारी वर्षा


0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनीलगायत सबै प्रदेशमा साधारणदेखि मध्यम वर्षा भइरहेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने पनि महाशाखाले जनाएको छ ।

सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भारी वर्षा हुँदा हुन सक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।