
काठमाडौं । नेपालमा मनसुन शुरु भएपछि विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानबाट ७४ जनाको मृत्यु भएको छ । यस्तै ८८ जना घाइते भएका छन् ।
विपद्जन्य विभिन्न घटनामा काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
घाइते हुनेमा काठमाडौं उपत्यकाका तीन, कोशी प्रदेशका २१, मधेशका पाँच, बागमतीका चार, गण्डकीका २६, लुम्बिनीका चार, कर्णालीका १५ र सुदूरपश्चिमका १० जना गरी जम्मा ८८ जना रहेको जनाइएको छ ।
यस्तै बाढी पहिरामा परेर बेपत्ता हुनेमा कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना रहेका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ भने विपदमा परि २२९६ परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्