१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा एमालेको सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिन लाग्नु भएको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे छलफल हुनेछ भने केही नेताहरूलाई नयाँ जिम्मेवारी दिने बारेमा पनि आजको बैठकले निर्णय गर्नेछ ।

मंगलबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थगित भएको थियो ।