९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


मन्त्रालयको बाँडफाँड भइसकेको छैन : अध्यक्ष ओली


689
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताउनुभएको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताउनुभयो । उहाँले कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरुलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताउनुभयो । उहाँले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरुलाई स्थान निर्धारण गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताउनुभयो । उहाँले उद्यमशिलतामा, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताउनुभयो । उहाँले शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।