१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेटोको ७५औं वार्षिक सम्मेलन वासिङ्टन डीसीमा सुरु


0
Shares

एजेन्सी । उत्तर एटलान्टिक सैन्य संगठन नेटोको ७५औं वार्षिक सम्मेलन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आजदेखि सुरु भएको छ ।

सम्मेलनमा नेटो सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुदेखि नयाँ सदस्यता लिन ईच्छुक देशका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् ।

रुसको निरन्तरको आक्रमणको चपेटामा परेको युक्रेनलाई कसरी मद्धत गर्ने भन्नेदेखि नयाँ सदस्यता वितरणसम्म वैठकका एजेण्डा रहेका छन् । यसै साता प्रधानमन्त्री निर्वाचित बेलायती प्रधानमन्त्री किअर स्टारमर पहिलो पटक नेटो सम्मेलनमा सहभागी भएका छन् भने नेटोको सदस्यता लिने तयारीमा रहेको स्वेडनका प्रधानमन्त्री पनि सम्मेलनमा सहभागी भएका छन् ।

युक्रेनमाथि रुसी हमलापछि सैन्य तटस्थवाद परित्याग गरेको स्वेडेन नेटोको नयाँ सदस्य बन्ने तयारीमा छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई पाँच वटा आधुनिक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरे ।

नेटोको उद्घाटनका क्रममा बोल्दै बाइडेनले सैन्य गठबन्धन झन् सशक्त बन्दै गएको र यसको महत्व पनि झन बढेको जिकीर पनि गरे । युक्रेनमा बढ्दो नागरिक हत्या रोक्नका लागि प्याट्रियोट नामको हवाई प्रतिरक्षा प्रणाली दिने घोषणा गर्दै बाइडेनले त्यसका लागि जर्मनी, इटली, नेदरल्याण्ड्स र रुमानियासंग सहकार्य गर्ने बताए ।