
एजेन्सी । अमेरिकी कलाकार एवं बाइडेन चुनावी अभियानका मुख्य सहयोगी जर्ज क्लुनीले जो बाइडेनलाई राष्ट्रपतीय चुनावी होडबाट बाहिरिन आग्रह गरेका छन् । उमेर र स्वास्थ्यका कारण देखाउँदै बाइडेनमाथि उम्मेदवारी होडबाट अलग्गिन दबाब बढ्दो छ ।
अभिनेता एवं सहयोगी क्लुनीलगायत थुप्रै डेमोक्रेटहरुले उनलाई उम्मेदवारी छाड्न सुझाएका हुन् । द न्यूयोर्क टाइम्समा प्रकाशित एक सामग्रीमा क्लुनीले बाइडेनलाई चुनावी दौडबाट पछि नहट्ने हो भने उनी पराजित हुने र सदनदेखि सिनेटसम्म गुम्ने चेतावनी दिएका हुन् । क्लुनीले हालका बाइडेन २०२० को चुनावी अभियानका बाइडेन नरहेको बताएका छन् ।
हालैको टेलिभिजन बहसमा उनको कमजोर प्रस्तुति आम अमेरिकीले पनि हेरेको स्वीकार गर्नुर्पेमा उहाँले जोड दिनुभएको छ । क्लुनीले बाइडेनले नोभेम्बरमा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई हराउन नसक्ने ठहर गर्दै डेमोक्र्याटहरूले प्रतिनिधि सभा र सिनेट पनि गुमाउने तर्फ सचेत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्