२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय सभाको बैठक स्थगित


442
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो सवा १ बजेका लागि बोलाएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस बैठक बस्न नसकेको सूचनामा उल्लेख गर्नुभएको छ । उहाँले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले असार ३० गते सवा १ बजे बस्नेगरी बैठक निर्धारण गरेको जानकारी दिनुभयो ।