७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


प्रधानमन्त्री लक्षित लेखकको कटाक्ष – लामो समय प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएछौं


377
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिपक्ष दलको नेता बन्न उपयुक्त पात्र भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्न प्रतिनिधिसभामा प्रस्ताव गरेपछि उहाँले सो टिप्पणी गर्नुभएको हो ।

प्रधानमन्त्री दाहाल जब्बरजस्त प्रतिपक्ष दलको नेता बन्न सक्ने भएकाले आफूलाई लामो समय प्रधानमन्त्री बनाएर आफूहरुले विगतमा गल्ती गरेको प्रमुख सचेतक लेखकको कटाक्ष थियो । उहाँले प्रधानमन्त्री दाहालमा पद गुम्न लाग्दाको पीडा र आक्रोश भएकाले आफूहरुले उहाँमाथि कुनै वाद, प्रतिवाद नगर्ने पनि बताउनुभयो ।

प्रमुख सचेतक लेखकले अब प्रतिपक्ष संसदमा निकै बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयो ।