८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रधानमन्त्री दाहाललाई प्राप्त भएन विश्वासको मत


2.977k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएन ।

शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत राख्नुभएको प्रस्ताव अस्वीकृत भएकाले उहाँ पदबाट मुक्त हुनुभएको हो ।

तत्काल रहेको २५८ मत रहेकोले उहाँले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उहाँको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।