
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रश्ताव लिएर आफूहरु राष्ट्रपति समक्ष जाने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्कमल दाहाल पदमुक्त हुने बित्तिकै प्रवक्ता महतले संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो कुरा बताउनुभएको हो ।
प्रवक्ता महतले उहाँले ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री हुनेमा कुनै समस्या नरहेको दावी समेत गर्नुभयो । सबैभन्दा ठूलो दलको सहमती रहेकाले ओलीलाई ७६ (२) अनुसार प्रधानमन्त्री बन्न समस्या नहुने उहाँको तर्क थियो । उहाँले सरकार गठन प्रक्रिया अघि बढेपछि पार्टीले मन्त्रीहरु चयन गर्ने पनि बताउनुभयो ।
प्रवक्ता महतले कांग्रेस एमालेबीचको नयाँ सत्तासमिकरण वाह्य शक्तिले गराएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको आरोपमा कुनै सत्यता नभएको दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्