२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


केपी ओली प्रधानमन्त्रीमा नियुक्त


3.783k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपरान्ह संविधानको धारा ७६ को उपधारा २ अन्तगृत ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

नेपाली कांग्रेसको समर्थनमा ७३ वर्षिय ओली चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न सफल हुनुभएको हो ।

नवनियुक्त प्रधानमन्त्री ओलीलको पद तथा गोपनीयताको सपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत शुक्रबार प्रतिनिधिसभामा भएको विश्वासको मत सम्बन्धि प्रस्तावमा पुष्पकमल दाहालले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति पौडेलले आइतबार अपरान्ह ५ बजेभित्र सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । त्यसलगत्तै कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए ।

सोमबार सपथ ग्रहणसँगै मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको छ ।