१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ललितपुर महानगरले भत्कायो बालकुमारीको सुकुम्बासी बस्ती


949
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीस्थित बागमती नदी छेउका टहरा हटाएको छ ।

सो क्षेत्रमा अनधिकृत रुपमा टहरा बनाई बसेको ९ वटा घरपरिवारको टहरा भत्काएको हो ।

टहरा हटाउनु अघि ३ दिनको समय दिई आज हटाएको छ । सो क्षेत्रको ३ नम्बर वडास्थित नदी छेउमा सरकारी जग्गा मिचेर बनाइएका ८/९ टहरा हटाइएको हो ।

कोरोना महामारीपछि एक व्यक्तिले उक्त जग्गा आफ्नो भन्दै टहरा बनाएर बसेको र टहरा अरू व्यक्तिहरूलाई भाडामा समेत लगाएको बुझिएको छ । पटकपटक जग्गा खाली गर्न सूचना जारी गर्दा नमानेपछी ३ दिनको अल्टिमेटम दिईएको हो ।