९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने


1.131k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (साउन ६) गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुने छ ।

गत आइतबार ओली प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । गत सोमबार प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आइतबार (साउन ६) गते विश्वासको मत लिने समय तय गर्नुभएको बर्तौलाले बताउनुभयो ।