
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गीत, संगीतलगायतका प्रतिभाहरु भएको देश भएको बताउनुभएको छ ।
छिन्नतला गीत पुरस्कार गुठीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
भारतीय चर्चित रियालिटी शो इण्डियन आईडलबाट नाम कमाउन सफल मेनुका पौडेलको दृष्टान्त पेश गर्दै प्रधानमन्त्री ओलीले कला, संस्कृति, संगीत, बाद्यबादन, गायनको विकास गर्ने ठाउँ नेपाल भएको पनि उल्लेख गर्नुभयो । त्यस अवसरमा उहाँले नेपालमा विभिन्न विधाको प्रतिभाहरु रहेको ठाउँ भएको र उनीहरुलाई खोजीखोजी सम्मान गर्ने काम गरेको भन्दै सो गुठीको प्रशंशा पनि गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता पुरस्कार गीतकार भुषण खरेललाई प्रदान गर्नुभएको थियो । त्यसैगरी उहाँले संगीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले २०८० सालको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गर्नुभएको थियो । छिन्नलता गीत, संगीत र गायनको पुरस्कारको राशी जनही एक लाख रहेको छ ।
प्रतिक्रिया दिनुहोस्