१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मौद्रिक नीति ल्याउने सरकारको तयारी


1.027k
Shares

काठमाडौं । सरकारले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक अहिले बस्दैछ ।

स्रोतका अनुसार आज नै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति केही पर सर्नसक्ने स्रोतको भनाइ छ ।

आजै दिउँदो अर्को बैठक बोलाएर सुझाव लिने र त्यसपछि मौद्रित नीति सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैक श्रोतले जनाएको छ ।

यसपटकको मौद्रिक नीतिले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गरि चलायमान बनाउने अपेक्षा सरकार एवं उद्योगी व्यवसायीले गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले यस पटक केही खुकुलो मौद्रिक नीति ल्याउने संकेत दिइसक्नुभएको छ ।