
काठमाडौं । सरकारले आज ल्याउन तयारी भएको मौद्रिक नीति रोकिएको छ ।
सञ्चालक समितिमा मौद्रिक नीतिका बारेमा छलफल गर्ने समय अपुग भएकाले हाललाई रोकिएको जनाइएको छ ।
यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने गरि तयारी गरिएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा आएपछि उहाँले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेकाले तत्कालका लागि रोकिएको हो ।
प्रतिक्रिया दिनुहोस्