
काठमाडौं । आज गुरुपूर्णिमा मनाइँदैछ । महाभारतका रचयिता वेद व्यासको जन्मजयन्ती आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री मन्त्र, दीक्षा, वेद सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान गर्दै गुरुपूर्णिमा मनाइन्छ ।
हिन्दू संस्कृतिमा गुरुलाई भगवानको रुपमा पुजिन्छ । शिक्षा प्रदान गरि आफूलाई सुयोग्य बनाउने गुरुलाई सम्मान गर्दै शिष्यहरूले आजको दिन मिष्ठान्न, विभिन्न परिकार तथा उपहार अर्पण गर्ने गरिन्छ ।
गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने गरिन्छ गुरुपूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।
महर्षि व्यासले वेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद)को रचना गरेका हुन् । त्यसलाई उनले सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्