
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद किराँतीले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको प्रतिक्रिया समेत दिनुभयो ।
सांसद किरातीले संविधान संशोधन गर्दा अग्रममनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई सचेत गराउनुभयो । उहाँले संविधान संशोधन गर्दा नो भोटको पनि व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सांसद किराँतीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने जिकिर पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्