१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त


728
Shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा सत्ता गठबन्धन भएपछि प्रदेश सरकारहरु पनि धमाधम फेरिएका हुन् ।

बागमती प्रदेशमा कांग्रेस र एमालेबीच प्रदेशसभाको बाँकी अवधि आधा आधा बाँडफाँड गर्ने सहमति भएको बुझिएको छ ।

सहमति अनुसार पहिलो चरणमा कांग्रेसबाट मुख्यमन्त्री नियुक्त गरिएको हो । प्रदेश सरकारमा कांग्रेसका सात र एमालेका छ जना मन्त्री बनाउने सहमति पनि भएको छ ।