९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाल बुद्धको जन्मथलो मात्रै होइन : प्रधानमन्त्री ओली


2.184k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्ध दर्शनको संवाहक भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा अजय क्रान्ति शाक्यको बुद्धको मौलिक दर्शन पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल बुद्धको जन्मथलो मात्रै नभइ बुद्ध दर्शनको वाहक रहेको बताउनुभयो । उहाँले बुद्धले बिना ज्ञान घर, दरबार, परिवार नछोडेको बताउनुभयो । उहाँले बिना ज्ञान सबै कुराको त्याग गर्न नसकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुद्धले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गर्नुभएको बताउनुभयो । उहाँले दान गर्नु धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेपाल बुद्धको जन्मथलो भएको र नेपालबाटै बुद्ध धर्मको बिस्तार भएको बताउनुभयो ।