७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पाँच वटा संसदीय समितिको बैठक बस्दै


156
Shares

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान १० बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैकठमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका कारागारहरुमा रहेका कैदी तथा थुनुवाहरुको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरुको प्रतिवेदन पेश र छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको “सूचनाको हक” सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । त्यस्तै सार्वजनिक लेखा समितिको बैठक पनि आज ११ बजे बस्दैछ । बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।