
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने गरी सरेको छ । यसअघि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको थियो ।
सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक बस्ने भएकाले माओवादी पदाधिकारी बैठक सारिएको कार्यालयले जनाएको छ ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुनेछ भने पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्