१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कमलालाई ओबामाको समर्थन


0
Shares

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसको मनोनयनलाई समर्थन गरेका छन् ।

ह्यारिसको उम्मेदवारीप्रति प्रतिक्रिया दिंदौ ओबामाले ह्यारिससँग दृष्टिकोण, चरित्र र ताकत सबै भएकोले उहाँ नै अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बन्न लायक भएको बताए ।

बाइडेनले उम्मेदवारी त्याग्नु सही निर्णय भएको उनको भनाइ थियो । ह्यारिसको समर्थनमा सयभन्दा बढी डेमोक्रेट्सले बोलिसकेका छन् ।