
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ९ बजे कानून,न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेश र छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने÷नगर्नेबारेमा निर्णय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्