१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानले नाम फिर्ताका लागि दिए निवेदन


338
Shares

काठमाडौं । सरकारबाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरिएका कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिने भएका छन् ।

संसदीय सुनुवाइ समितिमा सुनुवाई चलिरहेको बेला प्रधानले आफ्नो नाम फिर्ता गर्न समितिको सचिवालयमा निवेदन दिएका हुन् ।

प्रधाननले निवेदनमा आफ्नो विषयमा अफवाह चलाइएकाले नियुक्ति लिएर काम गर्न नसक्ने अवस्था आएको तर्क पत्रमा गरेका छन् ।

पुष्पकमल दाहालको सरकारले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेकोमा उनी विरुद्ध यौन दुब्र्यवहारको उजुरी परेको थियो । नेपाल कानुन समाजका निर्देशक रहेका प्रधानले एक युवतीलाई जागिरको प्रलोभन दिएर यौन शोषण गरेको र युवतीलाई ठूलो रकम दिएर काठमाडौं जिल्ला अदालतको रोहबरमा मिलापत्र गरेको खुलासा भएको थियो । सोही कारण उनीमाथि निर्वाचन आयुक्त बन्ने उच्च नैतिकताको अभाव देखिएको आरोप समेत लागेको छ ।

संसदीय सुनुवाई समितिले आफूलाई नियुक्त गर्ने सम्भावना क्षीण देखेपछि प्रधानले नाम फिर्ता लिएको अनुमान गरिएको छ ।