२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै


377
Shares

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । साथै बैठकमा समसामयिक राजनीतिक, पार्टीको संगठन सुदृढिकरण लगायतका बारेमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।