८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


काभा महिला भलिबलको फाइनल खेल हेर्न प्रधानमन्त्री जाने


1.547k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने काभा महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ ।

प्रतियोगितामा आज हुने नेपाल र भारतबीचको फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा साँझ ५ बजेदेखि शुरु हुँदैछ ।

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । लिग चरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो ।