२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा सय अंकमाथिको उछाल


0
Shares

काठमाडौं । मंगलबार डेढ सय अंकले झरेको बजारमा बुधबार सय अंक माथिको उछाल आयो ।

निरन्तर उकालो लाग्दै आएको बजारमा मंगलबार पहिरो गएपनि कारोबारले रेकर्ड कायम गरेको थियो । बुधबार नेप्सेले सेञ्चुरी मारेपनि कारोबार भने खुम्चियो । बुधबार २४ अर्ब बराबरको कीर्तिमानी कारोबार भएकोमा आज १८ अर्ब हाराहारीमा खुम्चिएको हो ।

तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से १ सय ८ अंकले उकालो लागेर २७ सय ६० पुग्यो । सबै समूहमा हरियाली छाउँदा अन्य र वित्त समूहमा सबैभन्दा उच्च झण्डै ८ प्रतिशतको वृद्धि आयो । जलविद्युत समूहमा करिब ६ प्रतिशतको वृद्धि आयो । व्यापार र होटल तथा पर्यटन समूहमा पनि ५ प्रतिशत बढीको सुधार आयो । बाँकी समूहमा पनि औसत ३ प्रतिशतको वृद्धि आयो ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ३० कम्पनीको ३ करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार बोटलर्स नेपाल, गुडविल फाइनान्सलगायत झण्डै २ दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । बुधबार हिमालयन रिइन्स्योरेन्स एक्लैको डेढ अर्ब बढीको शेयर किनबेच भयो ।