१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


बंगलादेशमा अन्तरिम सरकारका सदस्यले आज शपथ लिने


845
Shares

एजेन्सी । बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी भइरहेको छ ।

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बंगलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आज बेलुकी ८ बजे शपथ ग्रहणको कार्यक्रम हुनेछ ।

सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि दाबी गर्नुभएको छ ।